पृथ्वीनारायण क्याम्पस खेलकदुमय, दोस्रो दिन निबन्ध र कविता लेखन प्रतियोगिता सम्पन्न
भलिबल, फुटबल, बास्केटबल प्रतियोगिता जारी
पाेखरा | पुस ११, २०७९
पोखरा: पृथ्वीनारायण क्याम्पसमा अन्तर संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ ।
प्रतियोगिताको दोस्रो दिने निबन्ध लेखन र कविता लेखन सम्पन भएको छ । निबन्ध लेखनमा ३० जना र कविता लेखनमा २२ जनाले सहभागिता जनाएका थिए ।
कविता लेखन तर्फ मानविकी संकायका तारानाथ पराजुली प्रथम, शिक्षा संकायका रोजिना घिमिर द्धितिय, व्यवस्थापन संकायका सम्झना सार्की,विज्ञान संकायका विवेक सापकोटा तृतिय र कानुन संकायका अभिषेक रेग्मीले सान्तवना भने निबन्ध लेखन तर्फको नतिजा समापन कार्यक्रमको दिन प्रकाशन गरिने कार्यक्रम संयोजक शोभाकान्त गौतमले बताए ।
यस्तै क्याम्पसमा अन्तर संकाय स्तरीय फुुटबल, भलिबल र बास्केट प्रतियोगिताहरु समेत सञ्चालन भएको छ ।
फुटबल
फुटबलतर्फ क्वाटरफाइनल खेलको पहिलो खेलमा विविए संकायले पहिलो जित निकालेको छ । क्याम्पसको फुटबल मैदानमा भएको खेलमा विज्ञान संकायलाई ६–५ गोलको अन्तरले पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ ।
दोस्रो खेलमा मानविकी संकायलाई पराजित गर्दै विविएस संकाय (राहुल)को समूह सेमिफाइनल प्रवेश गरेको छ । मानविकी संकायलाई ५–१ गोलले पराजित गर्दै विविएस सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै तेस्रो खेलमा विविएस संकाय (अशोक समूह) विजयी भएको छ । विसिए संकायलाई ५–० गोलको अन्तरमा पराजित गर्दै विविएस संकाय (अशो समूह) सेमिफाइनल प्रवेश गरेको छ । यस्तै अन्तिम खेलमा विविए संकाय विजयी भएको छ । विएड संकाय र कानुन संकायबीच भएको खेलमा ४–१ गोलको अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फुटबल तर्फको सेमिफाइनल खेल पुष १३ गते सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ ।
भलिबल
यस्तै छात्र भलिबल प्रतियोगिताको पहिलो खेलमा शिक्षा संकायलाई पराजित गदै विविए संकाय विजयी भएको छ । विविएले २५–१७ र २५–१७ को अङ्कमा पराजित गरेको छ ।
दोस्रो खेलमा विज्ञान र व्यवस्थापन संकायबीच भएको खेलमा विज्ञान संकाय विजयी भएको छ । विज्ञान संकायले २५–२०, १५–२५ र २५–१० अङ्कले पराजित गरेको हो ।
तेस्रो खेलमा विविए र विएड संकायबीचको खेलमा विएड संकाय विजयी भएको छ । विएडले २५–१८ र २५–१२ को अङ्कले पराजित गरेको छ ।
बास्केटबल
बास्केटबल तर्फ पहिलो खेलमा विविए र कानुन संकाय बिच ६३–२४ नम्बरका साथ विविए संकायले पहिलो जित निकालेको छ ।
दोस्रो खेलमा विज्ञान र शिक्षा संकाय बिच ५२–५३ नम्बरले शिक्षा संकाय, तेस्रो खेलमा विए र विविएस बिच २८–२७ नम्बरका साथ विविएस संकाय, चौथो खेलमा विसिए र विविएस बिच ४१–४० नम्बरले विविए संकाय र पाचौँ खेलमा विविएस र विज्ञान संकाय बिच ३५–२३ ले विविएस संकाय विजयी भएको छ ।
बाँकी खेलहरु मंगलबार सञ्चालन हुने क्याम्पसले जनाएको छ । पुष १० देखि सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुनेछ ।









पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

